Rule 3
बिभागको काम
ऐनमा उल्लिखित कामका अतिरिक्त विभागको काम देहाय बमोजिम हुनेछः-
(क) राहदानी, यात्रा अनुमतिपत्र, सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को खाली पुस्तिका (डकुमेन्टस् ब्ल्याङ्क) छपाई तथा आपूर्ति, वैयक्तीकरण (पर्सनलाइजेशन), गुणस्तर परीक्षण, तथ्याङ्क व्यवस्थापन, सुरक्षित भण्डारण लगायतका व्यवस्थापकीय कार्य गर्ने,
(ख) अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को लिखत ९३०३ र सोको सम्बद्ध अनुसूची समेतको आधारमा नेपाली राहदानी तथा यात्रा अनुमतिपत्रमा राखिएको सुरक्षा विशेषता वा संकेतलाई (सेक्युरिटि फिचर) _ समय समयमा पुनरावलोकन गरी नेपाल सरकारबाट स्वीकृत गराई अद्यावधिक गर्ने,
(ग) राहदानी जारी गर्ने प्रयोजनका लागि आवश्यक पर्ने वायोमेट्रिक लगायतका व्यक्तिगत बिवरण सङ्कलन, प्रशोधन, गुणस्तर परीक्षण र सुरक्षित भण्डारण लगायतका व्यवस्थापकीय कार्य गर्ने,
(घ) विभांगबाट जारी गरको राहदानी तथा यात्रा अनुमतिपत्र सम्बन्धी अभिलेख सुरक्षित राख्ने,
(ङ) - हराएका राहदानीको बिवरण नेपाल प्रहरीको इन्टरपोल शाखा मार्फत अद्यावधिक गरी इन्टरपोलको डाटावेसमा प्रविष्ट गर्न लगाउने,
(च) नेपाल सरकारले तोकेका अन्य कार्य गर्ने ।